, असार २४ । तीन देशका लागि नेपाली राजदूत राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गर्नुभएको छ।




















