असार २५ , दमौली । आज बिहान पहिरो खस्दा जामुने(खैरेनी सडक अवरुद्ध भएको छ ।पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका(४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने(खैरेनी सडक अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।




















