आषाढ २५ । सालझण्डीले किसानको गोठबाट बाख्रा चोरी गर्ने चोरहरुलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नंं.१ राताडाँडा बस्ने बर्ष ३५ को ओम थापा, सोही ठाउँका २१ वर्षीय सागर बि.क., सोही स्थानका २० वर्षीय रवि सुनार र १८ वर्षीय बि.एस (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार रुपन्देही जिल्लाको कञ्चन गाँउपालिका वडा नं १ राताडाँडा वस्ने ३५ वर्षीय ओम थापालाई सोधपुछ गर्दा प्राप्त बयानका आधारमा प्रहरीले पक्राउ गरेको छ ।
बरामद गरीएका लु १७ प ३७१७ नं। को पल्सर मोटरसाईकल, लु ३५ प २४३१ नं को मोटरसाईकल प्रयोग गरी चोरी गर्ने गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीले बताए । उनीहरुका साथबाट सेतो रंगको कानमा कालो भएको १३ किलो तौल भएको जिउँदो माउ वाख्री –१, १० किलो तौल भएको जिउँदो पाठो–१, ९ किलो तौल भएको जिउँदो पाठी–१ गरि जम्मा ३ गोटा बाख्रा बरामद भएको छ ।
यही असार ५ गते विहान करिब ३ बजे जिल्ला रुपन्देही कञ्चन गाँउ पालिका वडा नं १ पुर्वी कुचेरा स्थित पवन परियारको गोठको खोरबाट पाठापाठी सहितको ३ वटा माउ बाख्री चोरी भएको भनी निवेदन प्राप्त भएको थियो । त्यही निवेदाका आधारमा ईलाका प्रहरी सालझण्डी रुपन्देही सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनी समेतको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा पक्राउ गरेको हो ।
अपराधीहरुले २०७८ माघ १२ गते सैनामैना नगरपालिका –६ पटना स्थित पदम प्रसाद अर्यालको २२ के।जिको बोका रातको २ बजे चोरी गरेको, २०७८माघ २५ गते सैनामैना नगरपालिका – ६ भड्छास्थित सरस्वती ढकालको ४८ के।जीको बोका रातको १ बजे चोरी गरेका थिए । यही असार ५ गते कञ्चन गाउँपालिका कुचेरास्थित पवन परियारको ३ ओटा खसि बाख्रा, असार १६ गते सैनामैना नगरपालिका ११ चौधरी घोलास्थितबाट २ ओटा खसिबोका, त्यस्तै असार १७ गते सैनामैना नगरपालिका –९ ज्योतिस्थित बुद्धि सागर ढकालको १५ के।जिको बोका रातको २ बजे र १८ गते सैनामैना ०९ स्थित भिमबहादुर सुनारको १० के।जिका २ बोका रातको १ बजे चोरी गरेको खूल्न आएको ईलाका प्रहरी सालझण्डीले बताए ।




















