
असार २७ , काठमाडौं । आज सुनको मूल्य १०० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ जहार २ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९४ हजार ८ सय र ९४ हजार ३ सय रुपैयाँ प्रतितोला थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।