कारोबार सुरु भएको डेढ घण्टामा ६४ अंकले घट्यो नेप्से

[sharethis-inline-buttons]

 

 

असार २७,काठमाडौं। चालु आर्थिक वर्ष बजार सेयर बजार भने लगातार घट्न लागेको छ । खुलेको डेढ घण्टामा नेप्से ६४.०४ अंकले गिरावट हुँदा १९२८.५८ अंकमा झरेको छ । साढे १२ बजेसम्म बजारमा २० लाख ४८ हजार ५११ कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६० लाखको कारोबार भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्से ३।२१ प्रतिशतले ओरालो लाग्दा विकास बैंक, हाइड्रोपावर, वित्त कम्पनी लगायत उपसूचकमा ४ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।
कारोबारमा आएकामध्ये सोल्टी होटल सपोर्ट लघुवित्त तथा ३ वटा म्युचअल फण्ड इकाइ बाहेक सबैको मूल्यमा गिरावट भएको छ ।


प्रकाशित : २०७९ असार २७, सोमबार १५:३३