असार २८, गुल्मी । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुषको शव फेला परेको छ ।मृत फेला पर्नेमा छत्रकोट गाउँपालिका वडानम्बर( ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।त्यहीको स्थानीयवासीले खर्ज्याङ खोलाको किनारमा घोप्टो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धानको भई रहेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा टोली खटिएको छ ।




















