झापाको मेचिनगर नगरपालिकाको भन्सारबाट २४५ किलो अवैध सुपारी बरामद

[sharethis-inline-buttons]

असार २८, काठमाडौं । झापामा २४५ किलोग्राम अवैध सुपारी बरामद प्रहरीले गरेको छ ।सोमबार राति साढे १० बजे मेचिनगर नगरपालिका –६ बाट भन्सार छली भारत लैजाँदै गरेको १२० किलो र साढे २ बजे १२५ किलो सुपारी बरामद गरिएको प्रहरीले बताए । सोमबार राति मेचिनगर नगरपालिकाबाट २४५ किलोग्राम अवैध सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रहरीका अनुसार काकरभिट्टाबाट खटिएको टोलीले अवैधरुपमा भारत लैजाँदै गरेको सुपारी बरामद गरेको हो । बरामद सुपारीको मूल्य एक लाख २२ हजार ५०० रुपैयाँ बराबर रहेको छ । उक्त सुपारी आवस्यक कार्बाहीको लागि मेचिनगर भन्सार कार्यालय पठाइएको छ ।


प्रकाशित : २०७९ असार २८, मंगलवार १४:०७