रुपन्देहीमा नाबालकलाई प्रयोग गरी चोरी गर्ने व्यक्ति पक्राउ

[sharethis-inline-buttons]

 

आषाढ ३० । रुपन्देहीले नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गर्ने मानिस पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउपालिका वडा ४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय रायनटलाई पक्राउ गरेको छ । त्यस्तै सोही स्थानका ११ बर्षीय परिवर्तित नाम बि आर र १२ वर्षीय परिवर्तित नाम ए आर लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले अनुसन्धान गर्दै जाने क्रममा यही आषाढ २७ गते रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं।४ बनकसिया डिहो स्थितमा हिडिरहेको अवस्थामा पर्सा जिल्ला पटेर्वा सुगौली घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा ४ हर्नाचौरको विजय रायनटलाई पक्राउ गरेको छ । सालझण्डी प्रहरीले उनीहरुको साथबाट सुनको सिक्रि ३ तोला ४० लालको सिक्री बरामद गरेको छ ।
आषाढ २६ गते कञ्चन गाउँपालिका वडा नं।४ बनकसिया निवासी ७० वर्षीया चमेली थापाले प्रहरीलाई घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्रि घाँटीबाट २ जना नाबालकहरुले चोरी गरी भागेको खबर गर्नुभएको थियो । आरोपीहरुमाथि चमेली थापाको जाहेरीले चोरी सम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्दान भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

निज विजय राय नटले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना बालकहरुलाई रुपन्देही बोलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि आफैले गरेर सिकाउने गरेको खुलेको प्रहरीले जनाएको छ । बजारमा भिडभाड भएको ठाउँमा लगी अटोरिक्सामा पुर्याई बालबालिकालाई प्रयोग गरि चोरी गर्ने गराउने गरेको खुलेको प्रहरीे जानकारी दिएको छ ।


प्रकाशित : २०७९ असार ३०, बिहीबार १५:३६