असार ३० गते बुटल । किशोर किशोरीहरुका लागि शिक्षा सम्बन्धि उत्प्रेण तालिम सम्पन्न भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ६ गुरौलीमा कार्यक्रम सञ्चालन भएको थियो । मानमटेरीय साथी सञ्जालको आयोजनामा र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा किशोर किशोरीहरुलाई विद्यालय पु¥याउने र विद्यालय छोडने दर अन्त्य गर्नेका लागि कार्यक्रम गरिएको हो । शिक्षाको महत्व बुझि सामुदयको व्यक्तिहरुलाई पनि विद्यालय जाने प्रेरण दिने भन्ने उदेश्यले कार्यक्रम गरिएको हो । टिका थापा र सविता विश्वकर्मा प्रशिक्षक रहेका थिए भने ३० जनाको सहभगितामा कार्यक्रम सम्पन्न गरिएको हो ।




















