साउन १ गते । लुम्बिनीमा किशोर किशोरीहरुको लागि शिक्षा सम्बन्धि उप्रेरण तालिम सम्पन्न भएको छ । लुम्बिनी संस्कृती नगरपालिका वडा नं. ५ तेनुहवामा तालिम सञ्चालन गरिएको हो । । लुम्बिनी साथी सञ्जालको आयोजनामा र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा तालिम आयोजना गरिएको हो । किशोर किशोरीहरुले विद्यालय जानका उत्प्रेरण गरि विद्यालय छोडने दर अन्त्य गर्नका लागि कार्यक्रम गरिएको हो । कार्यक्रमको मध्येमले शिक्षाको महत्व र आवश्याकताको बुझई समुदायमा भएको अन्य किशोर किशोरीहरुलाई शिक्षाको बारे ज्ञान दिई विद्यालय पु¥याउने छन् । प्रशिक्षक अर्चाना बनिया ,राम कुमारी चौधरी र सुनिता हरिजन रहेका थिए । कार्यक्रममां ५,७ र ११ का वडा मध्ये ३२ जना किशोर किशोरीहरुको उपस्थिति रहेको थियो ।




















