साउन २ गते २०७९ । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले विद्यर्थीहरुलाई ७ दिन गर्मी बिदा दिएको छ ।बढदो गर्मीले विद्यर्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ । पाण्डेको अनुसार वर्षायामको समय भएको तर, पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा वर्षे विदाबाट कट्टी गर्ने गरी २०७९र४र३ देखि २०७९र४र९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा गर्नु हुन अनुरोध छ ।’




















