बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा दुर्घटना हुँदा २ जना घाइते भएको छन् । केही समय अघि तिलोत्तमाको ड्राईभरटोल चोकमा बुटवलबाट भैरहवा तर्फ जादै ना ६ ख ४००० नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु १५ प ९४८२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाईकलका चालक गैडहवा गाउँपालिका–६ का २१ वर्षीय दिपेन्द्र हरिजन र मोटरसाइकलको पछाडि सवार सियारी गाउँपालिका–२ का ३० वर्षीय मनोज हरिजन घाइते भएको प्रहरी कार्यालय ड्राईभरटोल प्रहरी नायव निरीक्षक कमल भण्डारीले बताए ।घाईते दुबै जनाको क्रिमसन अस्पताल मणिग्राम उपचार भइरहेको बताए । घाइते मध्य मोटरसाइकलका चालक दिपेन्द्र हरिजनको अवस्था गम्भीर रहेको छ ।




















