मोहन बेल्वासे
सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले आज एक कार्यक्रमका विच वन नियमावली २०७९ खरेजीको माग गर्दै नियमावली जलाएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ ले कपिलवस्तुको लक्ष्मणघाटमा आयोजना गरेको रेडप्लस उत्सर्जन न्यूनिकरण कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघको भेलाले वन नियमावली २०७९ ले समुदायिक वनको हक अधिकार, महिला आरक्षण तथा आदिवासी जनजातीको अधिकार कटौती गरेको भन्दै एसको खारेजीको माग गरेका छन् ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय महासचिव ठाकुर भण्डारीले राज्यका महत्वपुर्ण अंगमा सामुदायिक वनको अधिकार काम कर्तव्य खोस्दै समुदायको हित विपरित केही ठेकेदार र वन माफियाको पक्षमा नियमावली आएको भन्दै महासंघ यसको निरन्तर विरोधमा लागेको बताए । महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्ठराईले तत्काल नियमावली सच्याउनुपर्नै बताउदै सवैलाई आन्दोलनमा एक्केबद्धता जनाउन आग्रह गरेका थिए । उता कार्यक्रममा सहजिकरण गर्दै उपभोक्ता महासंघ कपिलवस्तुका सचिव गोपाल गिरीले जलवायु परिवर्तन, रेड कार्बन,र नयाँ अवधारणका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका पदाधिकारी, सामुदायिक वनका पदाधिकारीहरु लुम्बिनी प्रदेश महासचिव,तथा पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो ।




















