साउन ३ गते गुल्मि। गुल्मिको धुर्कोट गाउँपालिका वडा नं. १ स्थित ओखलढुंगामा एक विवाहित महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। अर्घाखाँचीको मालारानी र गुल्मिको धुर्कोट गाउँपालिकाको बिच भगमा पर्ने नयाँगाउँ ओखलढुंगा निवासी कुसुम खनाल कि अन्दाजी २१ र २२ बर्षिया लक्ष्मी खनाल मृत अवस्थामा फेला परेकी हुन् । आज बिहान करिब ७ बजेतिर आफ्नै घर पछाडी १ सय मिटरको दुरीमा रहेको ओखलढुंगा नाम गरेको भिरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
लक्ष्मी खनालले आत्महत्या किन गरिन भन्ने बिषयमा अझै पुष्टि हुन् नसकेको प्रहरीले बताए। मृतक खनालको शवलाई पोष्टमार्टम का लागि जिल्लाको सदारमुकाम तम्घासमा पठाईएको छ।




















