तिलोत्तमा
प्रगतीशील महिला बिकाश बहुउदेश्य सहकारी संस्था तिलोत्तमा १० रुपन्देहीको आयोजनामा १ हप्ते उद्घोषण तालीम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सिता न्यौपाने उपाध्यायको अध्यक्षतामा तालीम सम्पन्न भएको हो । कायक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न १० का अध्यक्ष गोपाल घिमिरेले तालीमको बाट सिकेका कुरा ब्यवाहारमा उर्तानु पर्ने बताउनु भयो । उहांले अधिकार र नेतृत्वका लागी यो तालीम फलदायी बन्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै वडा न १० का सदस्य बालकृष्ण लम्साल , प्रगतीशील महिला बिकाश बहुउदेश्य सहकारी संस्था सलाहकार राधा थापा लेखा संयोजक गोपी पान्डे लगायतले तालीमले ब्यबाहार परिर्बतन गर्ने भन्दै अव तालीम पछी बिभिन्न सघं संस्थामा नेतृत्व लिन सहभागीलाई आग्रह गर्नु भयो । तालिममा संस्थाका सन्चालक समिति सदस्य , बिभिन्न उप समितिका गरि २७ जनाको सहभागीता रहेको छ । संस्थाका सचिव ज्योती यादवको स्वागत ब्यबस्थापक जमुना गिरिको सन्चालन मा भएको तालिममा लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले तालिम दिनु भएको थियो ।




















