गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा १ रिडीका फर्सुराम नेपालले कृषि पेसा लाई आफ्नो जिवनको अभिन्न अङ बनाउदै आउनु भएको छ । गुल्मीको रुरु गाउपालिका रिडीमा बसोबास गर्दै आउनुभयका नेपाल खास गरी तर्कारी खेती, काक्रा करेला, केरा, फलफूल, कागती खेती गर्दै आउनुभएको छ । यश ब्यबसायी बाट नेपालले राम्रो आम्दानी भएको बताउनु भयो । तरकारी तथा अन्य फलफुल उत्पादन गर्दा आधुनिक प्रबृधी अपनाइ कृषि उपज उत्पादन गरेको बताउनु भयो ।

अहिले उनको खेत बारीमा ४० वटा कागतीका बोटले फल दिदा आफै अचम्म परेका छन । सिजनमा कागती उत्पादन कुन्टिवका कृवटल भन्दा माथी टिपेर सबै कागती पैचो पसल प्रा लि लाई दिदै आएको बताउनु भयो । नेपालले आफ्ना खेत बारिमा जे उत्पादन गरेपनि सबै पैचो पसललाई दिदै आयको बताए ।
नेपालले कृषि ब्यबसायबाट झन्डै बार्सिक रुपमा ८ लाखको आम्दानी गर्दै आयका छन ।सिजन्मा गाजर, बन्दा गोभि बोडि घिरम्ला लौरेसेमि र अन्य उत्पादन पनि गर्ने गरेको बताए ।
कृषक नेपाल लाई थप सुबिधा प्राप्त भए यहाँको सोच कस्तो छभनेर जिज्ञासा राख्दा सिचाइको लागि पाइप तथा बिधुत्तिय उपकरणहरु, लामो समय टिक्ने खन्जोत्का सामग्री स्थायी टनेल लगायतका सामाग्री भएको भए थप तर्कारी वृद्धि हुने बताउनु भयो ।
नेपालले कृषिलाई जो अगाडी बढाउन २०७१ सालमा पि आर नमुना कृषि फर्म समेत दर्ता गरेर अगाडी बढ्नु भएको हो । अहिले बारिमा तर्कारी मात्र हैन झन्डै १०० बोट जि नाइन जातको केरा बाट पनि आम्दानी लिगेको बताउनु भयो उहाँले थप्दै भनु भयो केरा बाट सबै भन्दा आम्दानी हुने संकेत देखीएकोले केरा लगाउने अभियलाई निरन्तरता दिने बताउनु भयो । खासै कुनै प्रकारको तालिम नलिगेपनी उत्पदनमा कमि नभएको बताउनु भयो ।



















