राष्ट्रिय जनमोर्चाले बुझायो प्रशासनमा ज्ञापन पत्र ,जनजिविकाका सवालमा गम्भिर भएर लाग्न ध्यानाकर्षण

[sharethis-inline-buttons]

लुदस,
सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानिय तहले वेवास्ता गरेका कारण अव्यवस्थित र सुकुम्बासीहरुलाई विशेष चासो दिनुपर्ने र त्यसमा प्रशासनले सहकार्य गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्ला जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र बुझाएका हुन् ।

भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भुमी आयोग तम्तयारी अवस्थामा रहदा समेत नगरपालिकाबाट सो कार्यका लागि आवश्यक कागजात संकलनमा ठिलासुस्ती र बेवास्ता गरेको भन्दै.राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले जिल्लाका स्थानिय तह हरुमा यस अगाडी नै ज्ञापन पत्र बुझाएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।

हालै गठित भूमी आयोग सुकुम्बासी समस्या समाधान गर्न तम्तयार रहदा समेत स्थानिय तहले गर्नुपर्ने काममा ठिला सुस्ती गर्दा लालपुर्जा पाउने कामबाट बास्तविक सुकुम्बासी बन्चित रहेको ,पछिल्लो समय राष्ट्र, राष्ट्रियतामाथि आधात पुग्ने कामहरु भएको मह¬ि, भष्ट्राचार र कालोबजारीले देशको विकासमै ठूलो असर परेर जनजिविकाको सवाल जटिल बन्दै गएको बताउदै , किसानलाई खेती लगाउने समयमा मल बीउँ राज्यबाट उपलब्ध नहुँदा देशमा खाद्यान्न उत्पादनमा हस हुन गई खाद्य संकट पर्ने अवस्था बढ्दै गईरहेको र गतवर्षको बेमौषमी वर्षाका कारण धानबाली किसानले भित्राउन नपाउँदा राज्य,बाट किसानहरुलाई कुनै सहयोग गर्ने संकेत समेत देखाउन नसकेको समस्या विद्यमान रहेको प्रति ध्यानाकर्षण गर्दै राष्ट्रियता सम्बन्धी सवालमा नागरिकता जस्तो संवेदनशिल विषयमा हालै संसदबाट नागरिकता विधेक पारित गराई विदेशीहरुलाई नेपालको नागरिकता वितरण गर्ने खालको गैरजिम्मेवारी कार्यले देशको राष्ट्रियतामाथि ठूलो संकट पार्ने अवस्था सृजना भएको उल्लेख गरिएको थियो । सो कार्यक्रममा राष््िरटय जनमोर्चाका उपाध्यक्ष राम प्रसाद बेल्वासे जिल्ला प्रबक्ता छविलाल गैरे लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ श्रावण २४, मंगलवार १८:४८