भाईरल बढेसंगै डेंगो का विरामी देखा परे

[sharethis-inline-buttons]

लुदस, जितपुर
वर्षासँगै गर्मी बढ्दै जाँदा कपिलवस्तुका सरकारी तथा निजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको निकै भीड लागेको छ ।

दैनिक सरदर ६० देखी ८० जना विरामी आउने जिल्ला अस्पताल तौलिहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेका] अस्पतालका सुचना अधिकारी रत्नाकर शुक्लाले जानकारी दिनुभयो । यता चन्द पोलिक्लिनिक ४ नं जितपुरमा पनी भाईरल ज्वरोका विरामीहरु आउनेक्रम बढे्को क्लिनिकका डा. दिपेन्द्र चन्दले बताउनुभयो ।

२ हप्तायता भाईरलका विरामी बढेसंगै डेंगोको प्रकोप पनी देदा पर्न थालेको उहाँले बताउनुभयो । २ हप्तामा १२रू१३ जना डेंगोको विरामी क्लिनीकमा फेला परेको उहाको भनाई छ ।
गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मीमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न सुझाव समेत दिएका छन् । डेंगोबाट बच्न घरवरपर पानी जम्ने ठाउँ पुर्ने, खाँसगरि विहान साझ बढी सक्रिय हुने हुदाँ शरिर पुरा ढाकिने खालका कपडा लगाउन समेत सुझाव दिउका छन् ।


प्रकाशित : २०७९ श्रावण २५, बुधबार १४:२२