ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

किन लगाउने जनै

Lumbini Darpan 3 २०७९ श्रावण २७, शुक्रबार ११:३९

काठमाडौँ —
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात् जनैपूर्णिमाको छुट्टै महत्व छ । विशेषत हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्वको सुरुवात वैदिककालदेखि नै भएको शास्त्रहरूमा उल्लेख छ । विधिपूर्वक मन्त्रेपछि नयाँ यज्ञोपवीत जनै धारण गर्ने भएकाले पनि यसलाई जनैपूर्णिमा भन्न थालिएको हो । वैदिककालमा वैदिक अध्ययनको आरम्भ गर्ने दिनलाई उपाकर्म जनैपूर्णिमा भन्ने गरिएको शास्त्रहरूमा उल्लेख भएको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक आमोदवर्धन कौण्डिन्न्यायन बताउँछन् ।

उपाकर्म भन्ने शब्द नेपाली समाजमा त्यति प्रचलित नभएकाले यसको अर्थ पनि प्रसिद्ध नभएको देखिन्छ । तसर्थ यसको शाब्दिक तथा लाक्षणिक अर्थ बुझ्नुपर्ने हुन्छ‚’ कौण्डिन्न्यायन भन्छन्‚ ‘सामान्यतस् ‘उपाकर्म’ शब्दले कुनै पनि कार्यको आरम्भ वा उपक्रमलाई बुझाउने भए तापनि यस प्रसंगमा भने उपाकर्म शब्दले शास्त्रीय विधिका साथ वेद पढ्ने कार्यको आरम्भ भन्ने बुझाउँछ ।’

सत्कर्म, विद्या आर्जन, वेदाध्ययन गर्न सुरुमा उपनयन संस्कार गर्नुपर्ने र यज्ञोपवीत धारण गर्नुपर्ने भएकाले पनि यसलाई हिन्दू धर्ममा भएको षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

प्राचीन हिन्दूशास्त्रअनुसार कुनै पनि यज्ञको अनुष्ठान गर्दा उत्तरीय ९कम्मरभन्दा माथि लगाइने वस्त्र० लगाएर मात्रै गर्ने गरिन्थ्यो । उत्तरीय नलगाई गरिएको कर्मको फल नपाइने भएकाले यज्ञका लागि उत्तरीय आवश्यक हुन्थ्यो । कालान्तरमा यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवीतको प्रयोग हुन थालेको पाइन्छ ।

 

आजभोलि यो पर्वमा रक्षाबन्धन बाँध्ने, श्रावणी कर्म गर्ने‚ ऋषितर्पणी कर्म गर्ने, यज्ञोपवीत धारण गर्नेलगायतका कर्महरू गरिँदै आए पनि वैदिक ग्रन्थअनुसार यसलालाई उपाकर्म संस्कार भन्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत धर्मशास्त्र विभागका प्रमुख प्रा। देवमणि भट्टराईले बताए । समयको परिवर्तनसँगै विभिन्न पौराणिक मान्यताले स्थान पाउँदै जाँदा श्रावण पूर्णिमालाई धेरै तरिकाले मनाउन थालिएको छ । विशेषगरी यज्ञोपवीत धारण गर्ने दिनका रुपमा यसलाई मनाइन्छ ।

व्रतबन्ध गरेको वटुको श्रावण शुक्ल पूर्णिमादेखि औपचारिक वेदाध्ययन सुरु हुन्छ । वैदिक परम्परा अनादि सिद्ध परम्परा भएको भन्दै उनले अक्षर चिनेर मात्र वेदको अध्ययन नहुने भएकाले गुरुको सम्मुखमा भएर सुनिएको कुरा अनुसरण गर्दै जानु, त्यसलाई व्यवहारमा उतार्न सक्नु अथवा मनन गर्नु महत्वपूर्ण हुने बताए । ‘यी सबै कुराका लागि पनि विद्यार्जनको आरम्भ गर्न यज्ञोपवीत धारण गर्नु जरुरी हुने शास्त्रहरूमा उल्लेख भएको’ पनि उनले बताए ।

आजभोलि व्रतबन्ध गर्दा चूडाकर्म‚ उपयनयन‚ वेदाध्ययन र समावर्तन गरी चारवटा संस्कार एकैदिन सिध्याउने चलन भए पनि चूडाकर्म सामान्यतस् एक वर्ष पुगेपछि तीन वर्षसम्ममा सक्नुपर्ने स्वतन्त्र संस्कार हो ।

पछिल्लो समय मानिसहरूमा जनै लगाउने संस्कार दिनदिनै हराउँदै गए पनि यो अनुशासनको सूचक भएको र जनै धारण गर्नाले आफूमा त्यस्ता केही कर्म छन्, जसलाई मैले पूरा गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउनसमेत यसले सहयोग पुग्ने धर्मशास्त्रीहरू बताउँछन् । हिन्दूशास्त्रमा उल्लेखित षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण जनैपूर्णिमा अर्थात् यज्ञोपवीत धारण गर्ने संस्कारलाई बताइएको छ । यज्ञोपवीत धारण नगरेको मानिस वेद अध्ययन‚ विद्या आर्जन गर्न योग्य नहुने शास्त्रीय मान्यता छ । वेदाध्ययन गर्न सुरुमा गरिने कर्म अनुष्ठानलाई उपाकर्म भन्ने गरिन्थ्यो, यो अनुष्ठानलाई शास्त्रीय रुपमा वेद अध्यापन गराउने गुरु र अध्ययन गर्ने शिष्य मिलेर गर्ने कर्मका रुपमा पनि व्याख्या गरिएको प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

पौराणिककालमा विद्यार्जन गर्ने बाटो अहिलेको भन्दा भिन्न थियो । त्यसबेला गुरुकुलमा गएर गुरु सम्मुख रहेर विद्यार्जन गर्ने, वेदाध्ययन गर्ने चलन थियो तर, गुरुकुलमा विद्यार्जन गर्नक पहिला बालकको उपनयन ९व्रतबन्ध० संस्कार हुनु आवश्यक थियो । उपनयन संस्कार गराउने क्रममा गुरुले आफ्नो चेलालाई जिम्मेवारीबोध गराउँदै ऊमाथि रहेका तीन ऋण ९पितृ ऋण, देव ऋण र ऋषि ऋण० को बारेमा बुझाउँथे । यिनै ऋणबाट मुक्त हुने एउटा मात्रै साधन विद्यारज्ञान भएको र त्यसका लागि यज्ञोपवीत संस्कार आवश्यक भएकाले पनि यसलाई महत्वपूर्ण संस्कारका रुपमा हेरिएको हो ।

यज्ञोपवीत संस्कार वृहस्पति, शुक्र अस्त नभएको समयमा गर्नुपर्ने प्राध्यापक भट्टराईले बताए । पूर्णिमाको दिन बिहानै उठेर नजिकैको नदी–तलाउमा गएर संकल्प, विधि र मन्त्रद्वारा स्नान गर्ने गरिन्छ, त्यसलाई श्रावणी स्नान पनि भन्ने गरिन्छ । समूहमा गएर स्नान गरिने भएकाले यसलाई गणस्नान पनि भनिने उनले बताए । त्यसपछि उपाकर्मका लागि पूजाका निश्चित विधि पूरा गरी सप्तर्षि, शिवजी र रक्षासूत्र ९यज्ञोपवीत० को पनि विशेष मन्त्रद्वारा पूजा गरेर जनै धारण गर्ने प्रचलन रहेको छ ।

शास्त्रीय नियमका प्रभावले नै आजभोलि लौकिक विद्याध्ययन गरी उच्च परीक्षा उत्तीर्ण हुनेलाई पनि स्नातक भन्ने चलन चलेको देखिए पनि विधिपूर्वक वेदवेदाङ्गको अध्ययन पूर्ण गरेका शुक्लयजुर्वेदाध्यायी स्नातकले गृहस्थाश्रममा प्रवेश गरेपछि आफू आचार्य ९गुरु० नभएमा श्रावणी पूर्णिमामा उपाकर्म नगर्दा पनि फरक नपर्ने तर व्रतबन्ध गरिसकेको व्यक्तिले गुरुकहाँ गएर वेदाध्ययन गरेको छैन भने उसले उपाकर्म गर्नुपर्ने प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

यही दिन रक्षाबन्धन कार्यसमेत गर्ने परम्परा रहिआएको छ । रक्षाका निम्ति विधिपूर्वक अभिमन्त्रण गरेको डोरो पूरोहितको हातबाट नाडीमा बन्धन गरिने भएकाले यसलाई रक्षाबन्धन भनिन्छ । कालान्तरमा यसमा पनि विभिन्न रुपमा परिष्कृत भएर आए पनि पौराणिककालमा यो संस्कार आएको देखिने कौण्डिन्न्यायन बताउँछन् । रक्षाबन्धनको महत्व र महिमाका विषयमा पुराणहरूमा चर्चा पाइन्छ । पुरोहितले हातमा डोरो बाँध्दा येन बद्धो बली राजा दानवेन्द्रो महाबलस् । तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल ।। अर्थात् जुन डोरोले दानवहरूमध्ये सबैभन्दा श्रेष्ठ अतिबलवान् दानवहरूका राजा बली बाँधिए, त्यही डोरोले तिमीलाई बाँध्दछु, हे रक्षाबन्धन डोरो तिमी यहाँबाट अन्त कतै नजाऊ० भन्ने जस्ता मन्त्रोच्चारण गरेर रक्षाबन्धन बाँध्ने प्रचलन छ । रक्षाबन्धन श्रावण शुक्लपूर्णिमामा मात्र नभई हरेक मंगलकार्य गर्दा पनि बाँध्ने गरिन्छ ।

श्रावणी पूर्णिमाकै दिनमा मात्र यज्ञोपवीत अभिमन्त्रण गर्नुपर्ने उल्लेख शास्त्रमा नभएकाले भारतमा जुनसुकै दिन भए पनि आवश्यक परेको समयमा यज्ञोपवीत मन्त्रिने गरिन्छ ।

स्रोत कान्तिपुर


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार ११:३९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech