लाईसेन्स परिक्षार्थीहरुको व्यवस्थापन ,नगरका हलदेखि संघ संस्था सम्म खचाखच

[sharethis-inline-buttons]

लुदस,

भोलीहुने निमाबि तह शिक्षक लाईसेन्सको परिक्षा दिन कपिलवस्तुमा बिभिन्न जिल्लाबाट आएका विद्यार्थी होटल भरिभराउ भएर अलपत्र पर्न थालेपछी जिल्लाका संघ संस्थाहरु व्यवस्थापनमा जुटे्का छन् ।

रोल्पा , दाड्ड ,नवलपरासी ,बाँके लगाएतका ठाउँबाट कपिलवस्तुमा निमाबि लाईसेन्सका लागि ४२ परिक्षा केन्द्र मा १० हजार परिक्षार्थी सहभागी हुने बताईएको छ ।

परिक्षाका लागी आएका विधार्थीले बस्न र खानका लागि होटेलमा कोठा नपाउँदा सास्ती सड्मै बस्ने अवस्था आएपछी आफुहरु व्यवस्थापनमा जुटेको र कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाको सभाहलमा तल्लो तल्लामा पुरुष ७० जना र माथिल्लो तल्लामा ४० जना महिला राखिएको पौडेलले जनाउनुभयो । यता ४ नं का होटलमा पिस हिमालयन रिर्सोटमा १ सय बढी विद्यार्थी । मायादेवी रिर्सोट लगाएत होटलहरुका हल समेत भरिभराउ भएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघ, मानवअधिकार बादी संघ संस्था लगाएतले विद्यार्थीहरुलाई व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए ।

सिद्धार्थ क्यामपसको हल , उद्योग वाणिज्य संघमा समेत व्यवस्थापन मिलाईएको भएपनी त्यहाँ अझै लैजाने अवस्था नभएको र ई रेक्साको वेवस्था गरि सम्बन्धित होटल पुर्‍याउने र व्यवस्थापन गर्ने कार्य गरेको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु का अध्यक्ष रविन्द्र पौडेलले बताउनुभयो । यता जिल्लाको बाणगंगा नगरपालिकाका बिभिन्न चोकचोकमा विधार्थीहरु कोठा खोज्नका लागी भनेर दिनैभरि भौँतारि रहेको देख्न सकिन्थ्यो । तौलिहवामा होटल तथा विभिन्न संघ संस्थाका गेष्ट हाउसहरुमा समेत भरिभराउ विद्यार्थी भएपछी नगरपालिकाले खानेपानी सहित हलको व्यवस्थापन गरि सुत्ने व्यवस्थापनमा जुटाईएको बताईएको छ । ईमिलिया गोरुसिंगे , बुड्ढी, लगाएतका क्षेत्रमा सेन्टर पर्ने विद्यार्थीहरु अहिले पनी सड्कमै भौतारिएको बताईएको छ ।
शनिबार बिहान ८ बजे देखि ९ बजे १ घण्टाका लागि कपिलवस्तुमा मात्र नभई रुपन्देही नवलपरासी लगाएतका जिल्लामा पनी विद्याथीहरुले सास्ती खेप्नु परेको समाचारहरु आईरहेका छन् । रोल्पा लगाएतका ठाउँहरुबाट कतिपय विद्यार्थीहरु कोठा नपाउने भय ले ३ दिन अधि नै कपिलवस्तु आएका थिए ।


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार २२:३१