गठबन्धन सरकारले कुनै परिणाम दिन सकेन्: उपाध्यक्ष नेम्वाङ

[sharethis-inline-buttons]

लुदस, जितपुर
नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख सुवास चन्द्र नेम्वाङले वर्तमान सरकारले र संसद देशमा कुनै परिणाम दिन नसकेको बताएका छन् ।

नेकपा एमाले कपिलवस्तुले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेको व्यापक दवावका कारण सरकारले समयमै चुनावी मिति घोषणा गरेको पनी बताए । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि को आसनबाट बोल्दै उनले सर्वोच्चको प्रमादेशबाट बनेको वर्तमान सरकारले प्रधानन्यायाधिसलाई नै निलम्बन गरेर पंगु बनाएको समेत आरोप लगाएका थिए ।

उनले सरकार नत संसद नत जनादेश बाट चलेको बताउदै देश चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै धेरै दिन यस्तो अवस्थासम्म राख्न नहुने भएका कारण चुनावको मिति घोषणा गर्न दवाव दिईएको बताएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा २७ वर्ष र एमालेको नेतृत्वमा ७ वर्ष सरकार चल्दा जनताले प्रत्यक्ष परिवर्तन कुन सरकार हुदाँ भयो भन्ने स्पष्ट बुझेकोले जनताले अवको निर्वाचनमा दुधको दुध पानीको पानी छुट्याउने बताए । पिस हिमालयन रिर्सोटमा कार्यक्रम चलिरहेको छ ।


प्रकाशित : २०७९ श्रावण २९, आईतवार १३:४९