मोटरेवल पुल नबन्दा स्टेचरमै सुत्केरी घर

[sharethis-inline-buttons]

लुदस,
अर्घाखाँचीको सितगंगा १३ मुसिवाङ्ग , माझिफाट लगाएतका क्षेत्रका बासिन्दा मुसिवाङ्ग खोलामा मोटरेवल पुल नहुदाँ सस्ती खेप्नु परेको छ । माझिफाट का अशोक क्षेत्री कि २२ वर्षिया पत्नी नाम परिवर्तन सिता लाई आज सुत्केरी भएपछी डोलीमा अस्पतालबाट घर लैजादै गर्दा लुम्बिनी दर्पणकर्मी सँग जम्काभेट पश्चात सो घट्ना बाहिर आएको हो । सुत्केरी बेथा लागेपछी सितालाई ३ दिन अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

बुटवल बाट मुसिवाङ्ग खोला नजिकसम्म सवारीमा ल्याएका उनिहरुले खोलामा पुल नबन्दा सवारी घर सम्म नगएका कारण करिव ३ किलोमिटर बोकेर लगेका बताए । हिजो सुत्केरी भएपछी उनका श्रीमान अशोक र आफन्तहरुले कपडा घारोमा बाधेर डोलो बनाई त्यसैमा बाधेर घर सम्म पुर्‍याएका हुन् ।

त्यहाँका करिव १ सय घर परिवार अपतकालिन अवस्थामा यस्तै दुखेसो व्यहोर्न बाध्य भएको स्थानिय गणेश वि.सी बताउछन् । नजिकै आधारभुत विद्यालय भएपनी माध्यमिक तहका लागि विद्याथीहरु दैनिक ६ किलोमिटर जंगलको बाटो भएर कपिलवस्तु जिनवाको विद्यालय पढ्न पर्ने बाध्यता स्वास्थ्य अभावका कारण हुनेखानेहरु बसाईसराई गर्नेदर बढ्ेको स्थानिय बताउछन् ।

 

शितगंगा १३ का वडाध्यक्ष दुर्गा वि.सी ले पुलका लागि वडाको बजेटले नभेटने तर नगर र प्रदेश सरकारमा पट्क पट्क पहल गरेका कारण सर्वे डिपिआर सम्म भएको आगामी वर्ष पुल बन्ने आशामा आफुहरु रहेको बताए । हाल नगरकि उपमेयर गिता वि.सी समेत सोहि वडा कि हुन् ।

६ महिना अगाडी सोहि स्थानमा आधारभुत स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर आएका प्रदेश संसद रामजी घिमिरेसँग स्थानिय र वडाध्यक्षले पुल अभावका कारण सास्ती खेप्नु परेको भन्दै पुल निर्माणका लागि जोडदार माग गरेका थिए ।


प्रकाशित : २०७९ भाद्र १, बुधबार २२:०४