पदाधिकारी टुंगो नलगाइ सकियो माओवादी बैठक

[sharethis-inline-buttons]

 

नेकपा माओवादी केन्द्रको बैठक पदाधिकारीको टुंगो नलगाइ सकिएको छ ।

आज बसेको बैठकले पदाधिकारी छनोट यथावत राखेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आज नेताहरुको कार्यव्यस्थताका कारण छनोट हुन नसकेको बताए ।

उनका अनुसार भोलि दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्यालगायत विषय भोलि नै टुंगो लगाउने उनले बताए ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् ।


प्रकाशित : २०७९ भाद्र ३, शुक्रबार १४:००