
लुदस, तौलिहवा
कपिलवस्तुको मायादेवी ५ मा अज्ञात समुहको गोली लागि १ जना घाईते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाईते भएका छन् । वडा नं ५ का महादेवको घरमा उनलाई गोली लागेको बताईएको छ यस विषयमा कपिलवस्तुको जिल्ला प्रहरी कार्यालय बेखबर बनेको छ भने ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश ज्ञवाली घट्ना स्थल पुग्न थालेको बताएका छन् ।
गोली कसले र के का लागि चल्लो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी छ । अज्ञात व्यक्तिले गोली हानी फरार भएको र थप विवरण अउन बाँकी रहेको प्रहरी चौकी बलुहवाका असई शिवधन कठरियाले बताए । घाईतेलाई जिल्ला अस्पताल तौलिहवा पठाईएको छ ।