कोईलीले फेरी मच्यायो वितण्डा : एसइई परिक्षार्थीलाई वैकल्पिक व्यवस्था

[sharethis-inline-buttons]

लुदस, बनगाई
रातभरको अविरल बर्षासंगै कोइली खोलामा आएको बाढीले एसईईको ग्रेड वृद्धि परीक्षा दिने भलवाडका विद्यार्थीलाई रोकेपछी परिक्षार्थीलाई वैकल्पिक व्यवस्था गरि परिक्षामा समावेश गराईएको छ ।

जनता मावि पिपरामा परिक्षा केन्द्र रहेका भलवार्डका विधार्थी कोईली खोलामा पुग्दा नदीमा बहाव देखेपछी रोकिएका थिए । तर यस विषयमा विधार्थीको हार गुहार गर्न थालेपछी शसस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा परिक्षार्थीहरुलाई प्रश्नपत्र बोकेर शिक्षा टोली डुग्गा मार्फत नदी तरे र परिक्षा खोला पारि अर्थात बाणगंगा ९ मा रहेको कपिलधाम संस्कृत विद्याश्रममा परिक्षा गराईएको थियो ।

परिक्षामा शुद्धोधन जनजिवन मा.वि. का लागि ३४ जना विद्यार्थी सहभागी भएको बताईएको छ ।

परिक्षाका लागि तोकेको निर्धारित समयभन्दा डेढ घण्टा पछि कपिलधाममा परीक्षा केन्द्र तोकेर ती विद्यार्थीलाई परीक्षा दिने वातावरण मिलाइएको हो ।

विद्यार्थी परीक्षा दिन बन्चित भएपछि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला शिक्षा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुँवर, बाणगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिमबहादुर जिसी लगाएतको टोली सो क्षेत्रमा पुगेको थियो ।


प्रकाशित : २०७९ भाद्र ११, शनिबार १४:४२