मायादेवीमा सरकारी साधनको दुरुपयोग, कर्मचारी र जनप्रतिनिधि नरपानीमा मस्त

[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलवस्तुको मायादेवी गाउ“पालिकाका सरकारी सवारी साधन दुरुपयोगका घट्ना बढ्दै जान थालेका छन् । आज पालिकाका कर्मचारी कार्यालय खोलेपनी विषयगत फाटमा ताला ठोकेर बेखबर बनेके भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

यो घट्ना नौलो भने होईन् । पालिका कार्यालय साहयकका भरमा छाडेर , भत्ताको प्रलोभनमा अनुगमन जाने, विदा बस्ने जस्ता प्रवृद्धि यस अगाडी समेत भएका थिए । शिक्षाको हिसावले समेत पछि रहेको सो पालिकाका नागरिक यतिखेर भने जागृप बनेका छन् ।

मायादेवी ४ का वडाध्यक्ष अस्फाक अहम्मद मुसलमान चढ्ने सरकारी मोटरसाईकल उनका भतिजले दुरुपयोग गरेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाएका छन् । उक्त मोटरसाईकल हावा समेत नभएको अवस्थामा चढे्र मनलाग्दी हिड्ेको स्थानियको भनाई छ । स्थानियले सोध्दा उनले आफु वडाको कम्युटर अपरेटर भएको बताएका थिए । यता वडाका कर्मचारीहरुले भने उनि कर्मचारी नभएको बताएका छन् । ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश ज्ञवाललीले सरकारी मोटरसाईकल दुरुपयोग गरेको भन्ने विषयमा वादविवाद भएपछी ईलाकामा राखिएको र संम्बन्धित निकाय आएपछी जिम्मा लगाउने बताएका छन् । अन्य पालिकाका पनी साधन दुरुपयोग हु“दा प्रहरी मुक दर्शक बन्ने गरेको गुनासो बढे्को छ । प्रहरीले कडाई गर्दा जनप्रतिनिधिले दिने आर्थिक सहयोग रोकिने डरमा वेवास्ता गर्ने गरेको श्रोत बताउछ । यता कर्मचारी र जनप्रतिनिधि भने दर खानकै लागि अर्घाखा“चीको नरपानी गएको एक कर्मचारीले बताए । पालिकामा केही कर्मचारी छन् अहिले योजनाको काम भएको छैन् पालिका बन्द भने छैन् । काम पनी भएको छैन् उनले नाम उल्लेख नगर्न भन्दै अनुरोध समेत गरे । यता यस विषयमा गाउ“पालिकाका प्रमुख प्रमेश्वर यादव स“ग सम्पर्क गर्न खोज्दा पट्क पट्क फोन काटे ।


प्रकाशित : २०७९ भाद्र १३, सोमबार १८:२६