नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम
भदौ १८
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समिति बुटवलको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाको १३ औ स्थापना दिवसको अवसरमा संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष सुर्य देवदासले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । उहांले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहनु पर्नेे भन्दै यो सामाजिक कार्यका लागी धन्यबाद दिनु भयो ।
कार्यक्रमा बोल्दै नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका सचिव सोम थापाले रक्तदानको महत्वको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका सचिव तथा लुम्बिनी मिडिया हवका कार्यबहाक अध्यक्ष देब बहादुर थापाले अब मजदुर लाई चाहिने रगतको लागी कसै सगं हात थाप्न नपर्ने दाबि गर्नु भयो ।
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समितिका अध्यक्ष तिल बहादुर हिस्कीको अध्यक्षतामा भएको कार्यक्रममा १३३ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको कार्यक्रमको स्वागत सस्थाका उपाध्यक्ष भिम बहादुर दर्लामी तथा सञ्चालन सस्थाका सचिव जयशिह चौधरीले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ भाद्र १८, शनिबार १६:३५