एमालेमा अन्र्तघात गर्नेलाई सिफारिस गरेपछी आपत्ती

[sharethis-inline-buttons]

लुदस, चन्द्रौटा
पार्टीमा अन्र्तरघात गर्ने व्याक्तिलाई प्रदेशको प्रतिनिधिमा सिफारिस गरेपछी एमालेका नेता कार्यक्रर्ताहरुले असन्तृष्ट व्यक्त गरेका छन् ।
गत स्थानिय तह निर्वाचनमा एमाले हराउन खलेयाम लागेका व्यक्तिलाई हाल एमाले कपिलवस्तु जिल्ला नेतृत्व तहले प्रदेश प्रतिनिधिमा सिफारिस गरेको प्रति नेकपा एमाले शिवराज नगर कमिटि उपाध्यक्ष तथा गत स्थानिय तह निर्वाचनमा शिवराजमा मेयरका उमेदवार बनेका महादेव पोख्रेलले टिप्पणी गरेका हुन् । उनले सामाजिक संजाल मार्फत टिप्पणी गरेका हुन् । यस विषयमा उनले जिल्ला नेतृत्व पार्टी प्रद्धती विपरित लागेको बताए । उनले रजाउ रहमान खान प्रति लक्षित गर्दै आफुहरुले उक्त व्यक्ति स्थानिय तह चुनावमा एमालेका उमेद्वार हराउन राप्रपा लाई सहयोग गरेको पार्टीमा जानकारी गराउदा समेत सिफारिस गरेको प्रति आपत्ती प्रकट गरेको बताए । एमाले क्षेत्रीय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको थियो । प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उप सचिव अर्जुन कुमार के सी को प्रदेश क्षेत्र ३ को ख मा मिर्जा राशिद बेग, रजाउ रहमान खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहम्मद मुस्तफाको नाम सिफारिश गरेको थियो ।


प्रकाशित : २०७९ भाद्र २०, सोमबार १५:४७