लुम्बिनी दर्पणकर्मीको पहलमा २७ के जी को कछुवा उद्धार

[sharethis-inline-buttons]

लुदस, कोपवा
लुम्बिनी दर्पणकर्मीको पहलमा कपिलवस्तु नगरपालिका ९ हरनापुरबाट आज २७ के.जी को कछुवाको उद्धार गरिएको छ ।
जगदिशपुर तालबाट उत्तरतर्फको मुल नहरमा कछुवा देखेपछी हरनापुरका केही व्यक्तिले घरमा लगेका थिए ।
स्थानिय केही व्यक्तिले तालबाट आएको कछुवा नियन्त्रणमा लिएर राखेको सुचना थाहा पाएपछी उद्धार गर्न खोजी गर्दै लुम्बिनी दर्पणकर्मी गाउँमा पुगेका थिए । त्यहाँ दर्पणकर्मीले कछुवा संरक्षित जलचर भएको हुदाँ मार्न नहुने बरु प्रहरी र वन कार्यालयको रहोबरमा छाडिदिनुपर्ने बताएपछी उनिहरुले आफुहरुलाई यसवारे थाहा नभएको बताएका थिए । यस बारे अनुसन्धान हुने र गाउँमा लुकाएर राखेको फेला परे कार्बाही हुने बताएपछी केही स्थानियले कछुवा भए छाडिदिन अनुरोध गरेका थिए ।

प्रहरीको गलत सुचनाले दर्पणकर्मी विचलित , यसरी पर्‍यो फेला

केही गाउँलेहरुले कछुवा गाउँमै रहेको बताइरहेको बेला थप अनुसन्धानका लागि दर्पणकर्मीले वन कार्यालय र अस्थाई प्रहरी पोष्ट जगदिशपुरका असई सुरेन्द्र केवटलाई फोन गरे , केवटले कछुवा स्थानिय वडा सदस्य र आफ्नो पहलमा नहरमा छाडिसकेको बताए । प्रहरीले छाडिसकेको बताएपछी दर्पणकर्मी फर्किए बाटोमा सोहि वार्डकि महिला वडा सदस्यसँग भेट भयो, उनलाई कछुवाको बारे बताएपछी उनले सोही ठाउँबाट पुन असई केवटलाई फोन गरि जानकारी लिईन् ।

दर्पणकर्मीलाई दिएको सुचनामा आफुहरुले छाडिसकेको जानकारी गराएका असई केवटले त्यहाँका व्यक्तिले छाडिसकेको आफुलाई जानकारी दिएको बताए । उनको भनाईमा फरक भएपछी दर्पणकर्मीलाई विश्वास लागेन र पुन गाउँका स्थानिय अगुवा बाबुराम भट्टराई लाई फोन गरि कछुवा गाउँमै हुन सक्ने यस बारेमा सोधखोज गरिदिन अनुरोध गरे अनुसन्धान गर्दै गर्दा अव आफुहरु फस्न सक्ने डरले स्थानियले धानबारीको खाली ठाउँमा भखरै छाडिदिएको आवस्थामा फेला पारेर दर्पणकर्मी र स्थानियको पहलमा संरक्षण गरि डिभिजन वन कार्यालय तौलिहवाको टोली लाई जानकारी गराई साहयक वन अधिकृत मदन मोहन स्याडिल्यको नेतृत्वमा आएको टोलीलाई बुझाईएको छ । यस बारेमा अनुसन्धान गरि सुरक्षित स्थानमा कछुवा छाडिने उनले बताए ।

यता प्रहरी असई केवटलाई सुचना गलत भएको बारे सोध्दा आफुले पनी त्यस्तै सुनचा पाएको बताए । जगदिशपुर तालबाट बाहिरिने शाखा नहरहरुमा जाली पुरानो फाटिसकेको हुदाँ माछा कछुवा लगाएतका जलचरहरु बाहिर निस्कनेक्रम बढेको छ । तालभित्र माछा मार्न समेत कडाई गरिएको बेला प्रहरीकै फितलो संयन्त्रले आशंका उव्जाएको छ । यसअगाडी पनी बाणगंगा ७ स्थित कोईली पुलबाट कछुवाको उद्धार गरिएको थियो ।


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार १२:१८