जसपाका नेता गैडहवा गाउँपालिका निवर्तमान अध्यक्ष नेकपा एमालेमा प्रवेश

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

२२ भाद्र २०७९, बुधबार

रुपन्देहीको गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जनता समाजवादी पार्टी, नेपाल ९जसपा०का नेता बच्चुलाल केवट बुधबार नेकपा ९एमाले०मा प्रवेश गरेका छन् ।एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको बुटवलमा भएको नवौं बैठकमा केवट एमालेमा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला सदस्य सन्दिप गुप्ताले बताए ।उनलाई एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, ठाकुर गैरे, दधिराम न्यौपाने नेकपा एमाले केन्द्रिय सदस्य भुमिश्वर ढकाल लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित उनी २०७९ सालको निर्वाचनमा भने जसपाबाट उम्मेदवार भइ पराजित भएका थिए ।


प्रकाशित : २०७९ भाद्र २२, बुधबार १७:२९