प्रहरी द्धारा तिलोत्तमा ८ प्रदिपनगरको पसलबाट ८ लाख बढीको चिनि सहित अन्य स्थान बाट अवैध सामान बरामद

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भाद्र २४ ।
ईलाका प्रहरी कार्यालय बुटवलले लाखौको अवैध सामान बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका वडा नंं। १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घरमा खोजतलासका क्रममा अबैध चिनी फेला पारेको हो ।

नियम विपरीत घर कोठामा र घर बाहिर पार्किङ गरी राखेको लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा बिल बिजक बिनाको १८६ बोरा चिनि फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त विल विजक विनाको चिनी गाडी सहित रु १५लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको हुन आउँछ ।

बरामद भएको चिनी गाडी सहित आबश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना शाखाले जानकारी दिएको छ । त्यस्तै प्रहरीले तिलोत्तमामा अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चिनी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले गोप्य सूचनाका आधारमा तिलोत्तमा नगरपालिका वडा नं। ८ प्रदीपनगरबाट रु ८ लाख ३० हजार ७ सय ७० मूल्य बराबरको चिनी बरामद गरेको हो ।
प्रहरीले ओसारपसार गर्दै गरेको जम्मा १२ वोरा चिनि र सोही स्थानमा बस्यालको पसल भनिने पसल बाट चाङ लगाई राखेको १७ बोरा चिनि गरी जम्मा २९ बोरा चिनी र मोटरसाईकलसहित रु ८ लाख ३० हजार ७ सय ७० मूल्य बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले रुपन्देही रोहिनी गाउँपालिका वडा नं। २ का २९ वर्षीय प्रवेश यादवले चलाएको लु ४ प २११८ नंम्बरको मोटरसाईकल, सोही स्थानका २१ वर्षीय रामबचन सहानीले चलाएको लु ५ प ६५३ नं। को मोटरसाईकल, नंं।७ र्का १९ वर्षीय सुनिल लोधले चलाएको यूपी ५३ डिएफ ८८८४ नम्बरको मोटरसाईकल र व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । त्यस्तै देवदह नगरपालिका ८ र्का २५ वर्षीय ईश्वरी हिताङहले चलाएको लु ४६ प ६८०१ मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएका सामान र मानिसलाई आबश्यक कारवाहीका लागि भन्सार कार्यालय भैरहवा पठाएको जिल्ला प्रहरी कार्यालय सूचना विभागले जनाएको छ ।


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १५:४१