मिलन सामुदायीक बन तिलोत्तमा ११ र देवदह ८ र ९मा १ हप्ते उद्घोषण तालीम सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
मिलन सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ र देवदह ८ र ९को आयोजनामा आज बाट १ हप्ते उद्घोषण तालीम सुरु भएको छ ।
बनका अध्यक्ष तेज बहादुर कुवरको अध्यक्षता तथा देवदह सव डिभिजन बन कार्यालयका प्रमुख चन्द्र भाटकोे प्रमुख आतिथ्यतमा तालिम सुरु भएको हो । तालिम उद्घाटनका अवसरमा बोल्दै प्रमुख चन्द्र भाटले यो समय बोल्न सक्नेहरुको भएको भन्दै तालिममा धेरै कुरा सिक्न आग्रह गर्नु भयो ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै सस्थाका अध्यक्ष तेज बहादुर कुंवरले तालीमबाट परिबर्तन सम्भव रहेको भन्दै तालीम पछी उपयुक्त उद्घोषक तथा बक्ताहरु उत्पादन हुने बताउनु भयो ।
संस्थाको कार्यालयमा सुरु भएको कार्यक्रम बनका सहसचिव कल्पना बुढा मगरको स्वागत तथा उपाध्यक्ष डिल बहादुर पुनको सन्चालनमा भएको थियो ।
लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजिकरण गर्ने तालिममा सो क्षेत्रका ३० जनाको सहभागीता रहेको छ ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार १७:१७