मायादेवी साझेदारी अन्र्तरगत शुद्धोधन १ को समिति निर्माणमा अध्यक्ष खाँ ले मनोमानी गरेको आरोप

[sharethis-inline-buttons]

लुदस, शुद्धोधन

कपिलवस्तुको मायादेवी साझेदारी वनका अध्यक्ष अब्दुल अजिज खाँ ले शुद्धोधन १ पतेरियामा मनोमानी पुर्वक एकलौटी ढंगबाट वन समिति चयन गरेको गुनासो बढेको छ ।

वडाका जन प्रतिनिधि र आम नागरिकलाई व्यवास्ता गर्दै आफु निकट केही व्याक्तिहरुलाई मात्र खबर गरेर आफु अनुकुल बन्नकै लागि समिति निर्माण गरेको भन्दै वडाले गठित समिति स्थगित गरि पुन आम भेलाबाट सवैको प्रतिनिधित्व हुनेगरि लोकतान्त्रिक प्रकृयाबाट समिति चयन गनुपर्नेमा भन्दै पत्राचार गरेको छ ।

वडाध्यक्ष तिलकराम यादवले जनप्रतिनिधिहरु लाई व्यवास्ता गर्दै विधान विपरित आफु अध्यक्ष बन्नकै लागि अजिजले मनपरि गरेको बताए । यसरी अजिजको मनपरि ले आम नागरिक आक्रोशित भएको र आफु समक्ष पुन समिति निर्माणका लागि दवाव श्रीजना गरेको बताए ।

स्थानिय शिव पुजन केवटले अध्यक्षको मनोमानी र दादागिरी शैलिमा औठा छाप व्यक्तिको आफैले हस्ताक्षेर गरेर प्रकृया पुर्‍याएको भन्दै तत्काल चुनावी प्रकृयाबाट पुन समिति गठन हुनुपर्ने बताए ।

हाल मायादेवी साझेदारी वनको अधिवेशनका लागि वडा वडामा समिति गठन प्रकृया शुरु भएको छ ।

वन नियमावलीमा यस्तो छ व्यवस्था

वडा तहमा प्रत्येक वडाको भेलाबाट छनौट भएको ३ जना महिला सहित ७ जना समितिमा रहने व्यवस्था छ । भेलाको अध्यक्षमा साझेदारीका पदाधिकारी र प्रमुख अतिथिमा वडाध्यक्ष वा प्रतिनिधि रहने उल्लेख भएको भएतापनी जनप्रतिनिधिहरुलाई आफुहरुलाई व्यवास्ता गर्दै एकलौटी गरेको बताएका छन् ।

यस बारे मायादेवी साझेदारी वनका अध्यक्ष अब्दुल अजिज खाँ ले विधि र पद्धति अनुसार समावेशी गराउनुपर्ने भएको हुदा“ त्यसमा उनिहरुको असहमती भएको बताए ।

उनले नेपाली कांग्रेस का केही व्यक्तिले पट्क पट्क नाम फेर्ने गर्दा असन्तुष्ट भएको बताए । समिति निर्माण गर्दा सर्वदलिय सहमतीकै आधारमा गरिएको उनको दावी छ । नेपाली कांग्रेसका तर्फबाट सदस्यमा रहेका मोहम्मद सरिफ मुसलमानले ७ पदका लागि ३५ जना देखा परेपछी विवाद श्रीजना भएको र प्रतिनिधि छनौटमा कुरा नमिलेको बताए । स्थानियहरुले चुनावी प्रकृयाबाट सवैको चित्त बुझनेगरि समिति निर्माण गनुपर्ने माग गरेका छन् ।


प्रकाशित : २०७९ भाद्र २७, सोमबार २१:५०