बडादशैँको शुभसाईत सार्वजनिक ,शुभसाईत ११ः५१ मा

[sharethis-inline-buttons]

३१ भाद्र । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैको शुभसाईत सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै बडादशैको शुभसाईत सार्वजनिक गरेको हो । यो वर्षको वडादशैँ असोज १९ गते परेको छ । दशैको टिका बिहान पूर्व मोहडा फर्किएर ११ः५१ मा लगाउन उत्तम हुने समितिले जनाएको छ ।

असोज १९ बिहानको १०ः ३४ मा देवी विसर्जन गरी बिहान ११ः५१ मा पूर्व मोहडा फर्किएर बडादशैको टिका लगाउन उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुृङ्गेलले जानकारी दिनुभयो । दशैको शुभसाईत ११ः५१ भएपनि दशैको दिनभरी टिका थाप्न र लगाईदिन सकिने समितिले जनाएको छ ।

असोज १० गते सोमबार घटस्थापनाको शुभसाईत बिहान १०ः२३ बजे रहेको समितिले जनाएको छ । ११ गते मंगलबार झण्डा फेर्ने दिनको शुभसाईत ११ः११ बजे, १४ गते पचलीभैरव यात्रा हुनेछ । असोज १६ गते फूलपाती, श्रीतुलजाभवानी यात्राको साईत बिहान ११ः३५ बजे पूर्व मोहडा रहेको समितिले जनाएको छ । १७ गते कालरात्री परको छ यो दिन माता कालीको शास्त्रीय विधीद्धारा पुजाअराधना गर्ने गरीन्छ । १८ गते मंगलबार महानवमी परेको छ ।

१९ गते बडादशैका दिन देवी विसर्जनको शुभसाईत बिहान १० बजेर ३४ मिनेट र टिकाको सार्यत बिहान ११ः५१ पूर्व मोहडा रहेको समितिले जनाएको छ , त्यस्तैगरी श्री तुलजाभवानी यात्रामको साईत ८ बजेर ४७ मिनेट र स्थिरास्थान बिहान ८ः४७ मा खड्ग यात्राको शुभसाईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तैगरी असोज २२ गते शनिबार अखिल वली पूर्ति र २३ गते कोजाग्र ब्रत रहेको समितिले जनाएको छ ।

दशैँमा आफ्ना मान्यजनबाट टिका थाल्ने परम्परा रहीआएको छ । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशै अछेता, जमरा र आशिर्वाद थापेर मनाउँने गरीन्छ । पछिल्ला वर्षमा कोरोना महामारीका कारण उल्लास कम भएपनि यो वर्ष दशैँ हर्षोल्लासका साथ मनाउन सकिने अवस्था छ । दशैमा पिङ् खेल्ने, मिठोमसिनो खाने, देवीको पुजा गर्ने र आफन्तबीच भेटघाट गर्ने गरीन्छ । दशैमा माता दुर्गाका रुप र अवतारहरुको विशेष रुपमा पुजाअर्चना गर्ने र मिठामिठा परीकार पकाई प्रसादको रुपमा चढाउँने गरीन्छ ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार १९:२९