
नुरमोहम्म्द मुसलमान, कपिलवस्तु
कपिलवस्तुको एक विद्यालयका विद्यार्थीहरु जोखिममा पढ्न वाध्य भएका छन । कपिलवस्तु नगरपालिका वडा नं. १० पचेहरामा रहेको श्री अधारभुत विद्यालय कटुवामा पढ्ने बालबालिकालाई लगातार बर्षाका कारण पढाईमा बाधा परेको छ ।
सो बिद्यालयको दिवाल पक्की भएता पनि टिनको छानाबाट पानी चुहिएका कारण २ दिन देखी राम्रो पढाई हुन नसकेको विद्यालयका प्र.अ. गोरखनाथ तिवारीले वताउनु भएको छ ।
तिवारीका अनुसार विद्यालयमा के खाँचो छ कस्तो पढाई भइराखेको छ अनुगमन गरेको रेकर्ड छैन, आफ्नो छोरा छोरी बोर्डिङमा र गरिबको छोरा छोरी सरकारी विद्यालयमा सो कारणलेअनुगमन तथा निरिक्षण नभएको हाम्रो विद्यालयमा १ पटक कपिलवस्तु नगरपालिका तथा जनप्रतिनिधी आएर अनुगमन गर्न आग्रह गर्नु भएको छ ।
कपिलवस्तु नगरपालिकाको कार्यालयमा तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा गत वर्ष विद्यालयको अवस्था जिर्णले योजना माँग गरेको हाम्रो विद्यालयमा हाल सम्म कुनै योजना नपरेको गुनासो समेत गर्नु भयो
एक शिक्षक अनुसार २ दिनदेखी ३, ४, ५ कक्षाका वालवालिकालाई छानाबाट पानी चुहिएका कारण दिवालको किनार किनारमा बसालेर पठन पाठन गराएको जानकारी दिनु भयो ।