
धुर्कोट गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको शहिद शमशेर स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गरिएको छ ।
आज आइतबार देखि गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका व्यक्तित्वहरुको उपस्थितिमा शहिद शमशेर स्मृति पार्क व्यवस्थापन समितिले पार्कमा घुम्न आउने पर्यटकका लागि टिकट काट्ने व्यवस्था गरेको हो ।
पार्कमा घुम्न आउने पर्यटक मध्ये जेष्ठ नागरिक, विद्यार्थी, फरक क्षमता भएका व्यक्तिहरुका लागि परिचयपत्रका आधारमा रु. १०, अन्य ब्यक्तिको लागि रु. २० र विदेशि नागरिकको लागि रु. ५० कायम गरिएको छ ।

