ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपूर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि आशङ्का

Lumbini Darpan 2 २०७९ आश्विन ३, सोमबार १७:२२
[sharethis-inline-buttons]

तेजेन्द्र के.सी., बुटवल
पश्चिम नवलपरासीमा एक इन्टरनेटका सञ्चालकले कम्पनी विक्री गरेको रकम माग्दा उल्टै क्षतिपूर्तिको मुद्दा खेप्नु परेको गुनासो गरेका छन् ।
जिल्लाको सुनवलका प्रियव्रत (आकाश) श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो एक्मी कम्पनीलाई गत वैशाख ३ मा लुप नेटवर्क ली.लाई पौने तीन करोडमा बेचे पनि पैसा पाउनु साटो उल्टै क्षतिपूर्तिको मुद्दा खेप्नु परेको गुनासो पत्रकार सम्मेलन गरेर गरेका छन् ।

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क ल.ले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई २ करोड ५० लाख रुपैयाँमा २०७९ वैशाख ३ मा खरिद गर्दै पहिलो किस्ता बापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने सम्झौता गरेको थियो ।
लुप नेटवर्कले साउन १५ मा ७५ लाख,भदौ १५ मा २५ लाख,असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

तर लुप नेटवर्क ली.ले सिटिजन्स बैङ्क इन्टरनेसनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पूर्व सञ्चालक प्रियब्रत (आकाश) श्रेष्ठलाई दिए पनि खाता रकम नभएकोपछि चेक साटिएको छैन । उक्त चेक साउन २९,३१ र भदौ २ गते तीन पटक सम्म नसाटिएपछि यही विषयमा दुई पक्षबिच विवाद उत्पन्न भएको छ ।

श्रेष्ठले रकम खाताका जम्मा गर्नको लागि आग्रह गर्दै लुप नेटवर्क ली. का सञ्चालक सतिस पोखरेलाई पटक पटक आग्रह पनि चेकमा उल्लेख भएको पैसा खाता आएन अन्य पैसा समेत नतिर्ने धक्कि दिएपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए ।

भदौ ६ गते दुवै पक्ष जिल्ला कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भए पनि लुप नेटवर्क ली।ले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दर्ता गरेको छ । मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफू विरुद्ध योजनाबद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप विरुद्ध चेक अनादरको उजुरी दिएको पत्रकार सम्मेलनमा बताएका छन् ।

हुँदा खाँदाको कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला खेप्नुपरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी भोजराज पाण्डेले भदौ १९ गते नै जिल्ला प्रहरी कार्यालय आएपछि चेक बाउन्सको मुद्दा दर्ता गरेर प्रतिवादी सतिस पोखरलाई पक्राउ पुजी जिल्लाबाट जारी भएको रातोपाटीलाई बताए । उनले भर्ने पक्राउ पुजी जारी भएको छ ,उहाँको कम्पनी पनि काठमाडौँमा रहेछ हामीले पत्रकार गरेका छौ खोजतलास जारी छ ।

उजुरीमा आलटाल : प्रहरी माथि पनि शङ्का
दुई कम्पनी बिचको विवाद भए पनि प्रियव्रत (आकाश) श्रेष्ठले चेक अनादरको उजुरी दिए पनि प्रहरीले नै मिलामोतो भएको आशाका गरेका छन् । उनले आफूले चेक तीन पटक सम्म जाँदा नसाटिए पनि र लुप नेटवर्क ली।का सञ्चालक तथा उच्च तहका कर्मचारीसँग पटक पटक सम्पर्क राख्दा पनि खातामा रकम नआएपछि प्रहरी कार्यालयमा भदौ १९ गते निकै आनाकानी गरेकोले प्रहरीमाथि नै शङ्का रहेको बताए ।
उनले पत्रकार सम्मेलनमा प्रमुख र डिएसपीले बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म आलटाल र बहाना बाजी गरेको समेत गुनासो गरे ।

जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।उनले आफूले प्रहरी निरीक्षक, डीएसपी र एसी तिन जनाको कार्यकक्षमा जाँदा समेत गर्दा दर्ता चाहेनन् । त्यसपछि आफू सरकारी वकिलको कार्यालयमा जाँदा फोन गरेर बोलाउने तर फेरी आलटाल गर्दे काम दिनभर गरेको बताए । सरकारी वकिलको कार्यलयवाट फोन गराएपछि साँझ ६ बजे दर्ता गरेको बताए ।

उनले भर्ने मलाई पीडामाथि पीडा र अन्याय एउटा कम्पनीले गरेको छ त्यसमाथि प्रहरी प्रशासनको भूमिका थप पिढा दियो ।, जसले गर्दा प्रहरीको अनुसन्धान माथि नै पनि शङ्का छ उनले प्रहरीले मैले चेक बाउन्स गरेको प्रतिवादीबाट रकम बुझेको सिसिटिभी फुटेजमा देखिएको प्रमाण गरेको दाबी गरे । उनले प्रहरीले चेक बाउन्स मुद्दाको प्रतिवादीबाट कम्पनीका कर्मचारी राजन कोइरालाबाट प्रहरीले रकम दिएको फुटेज भेटिएको दाबी गरेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोसाकमा गएका जिल्ला प्रहरी कार्यालयका सई महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशङ्का भएको श्रेष्ठले बताए। फुटेजमा जिल्ला प्रहरी कार्यालयका गाडीमा सादा पोसाक आएका सई काफ्ले कोइरालासँग नोट गनेर लिएको प्रस्ट देखिएको उनको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी भोजराज पाण्डेले सिसिटिभीको रकम बारेमा अनुसन्धान भइरहेको अहिले थप आफूले भन्न नसक्ने बताए ।

लुप नेटवर्कको खरिद सम्झौताको आचारसंहिता विपरीत क्रियाकलाप गरेका र कम्पनीलाई हानी नोक्सानी हुने काम गरेकाले क्षतिपूर्तिको मुद्दा क्षेष्ठलाई दिएको छन् । लुप नेटवर्कमा सञ्चालक सतिष पोखरेलसँग प्रतिक्रिया लिनको पटक पटक गर्दा फोन र म्यासेज गर्दा समेत सम्पर्कमा आउन चाहेनन् । क्षेष्ठको कम्पनीको इन्टरनेट सेवा प्रदायक कम्पनीका २ हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए ।

 


प्रकाशित : २०७९ आश्विन ३, सोमबार १७:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो

बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech