
लुदअ, विजयनगर
विपद जोखिम व्यवस्थापन स्थानीयकरण स्थानीय सरकारलाई अभिमुखीकरण सम्बन्धी दुई दिने तालिम विजयनगरमा सम्पन्न भएको छ ।
युएसएआईडीको आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन र नेपाल सरकारको आयोजनामा दुई दिने प्रशिक्षण तालिम सम्पन्न भएको हो । स्थानीय पालिकाका जनप्रतिनिधि तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई लक्षित गर्दै दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पालिकामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार, आर्थिक, सामाजिक,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन, नीति निर्देशिका र नियमावलीका बिषयमा प्रशिक्षण दिइएको थियो ।
पालिकामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण, पुर्वतयारी र प्रतिकार्य कसरी प्रभावकारी तरिकाले गर्न सकिन्छ, नेपालमा विपद् जोखिम सुशासनका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारले लागु गरेका ऐन, नीति निर्देशिका, नियमावलीका र प्राथमिकताहरू के के छन, स्थानिय विपद व्यवस्थापन समितिले कसरी प्रभावकारी कार्य गर्न सक्छ, आपतकालीन कार्यसञ्चालन केन्दको प्रावधान के छ, विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण कसरी गर्न सकिन्छ, पूर्वचेतावनी प्रणालीको आवश्यकता किन छ, विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक ,भौतिक सहयोगका लागि विपद् जोखिम व्यवस्थापनमा मानविय सिद्धान्तहरू, मूलभूत मानविय मापदण्ड के के छन तथा जोखिमको वित्तीय व्यवस्था र जोखिम हस्तान्तरण कसरी गर्न सकिन्छ जस्ता विषयहरुमा बृहत प्रशिक्षण दिईएको थियो।
प्रशिक्षण तालिममा स्थानिय सरकारको विपद व्यवस्थापन क्षमता, विपद व्यवस्थापनको लागि गरिरेहेका कार्यहरुको तथा आगामी दिनमा विपद व्यवस्थापन लागि उक्त तालिमले थप जिम्मेवारी बनाउने तालिमको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी प्रमुख प्रसाशकिय अधिकृत शोभाराम रिजाल, वडा अध्यक्ष,वडा सदस्य,शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
विपद व्यवस्थापन समितिका संयोजक र सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रशिक्षक नेपाल सरकारका अधिकृत कृष्ण कंडेल र प्राक्टिकल एक्सनका सहजकर्ता बिनोद शर्मा रहेको थिए ।

