‘लौरो’ चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आयोगको आग्रह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, काठमाण्डाै

निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आग्रह गरेको छ।

आयोगले दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने पनि स्पष्ट पारेको छ।

आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिह्न बाँड्दै हिँडेको पाइएपछि आयोगले चुनाव चिह्नबारे स्पष्ट पार्दै घिमिरेलाई तीन दिने स्पष्टीकरण सोधेको छ।

घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न लौरो स्वतन्त्र उम्मेदवारहरुको साझा तथा वैकल्पिक चिह्न भनेर प्रचार गरिएकोमा आयोगले आपत्ति जनाएको छ। यस्ता भ्रामक कुराहरु प्रचारप्रसार नगर्न/नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले घिमिरेलाई निर्देशनसमेत दिएको छ।


प्रकाशित : २०७९ आश्विन ८, शनिबार ०७:२८