ताजा अपडेट

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजदेखि दशैँ सुरु, घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा

Lumbini Darpan 2 २०७९ आश्विन १०, सोमबार ०६:४७
[sharethis-inline-buttons]

लुदअ असोज १०, काठमाण्डौ
यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा खाने गरिएको छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ । परम्पराअनुसार काठमाण्डौको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखेर शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।


प्रकाशित : २०७९ आश्विन १०, सोमबार ०६:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

भर्खरै

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech