घटस्थापनाको दिन आज लक्ष्मणघाटमा जल उठाउनेको घुईचो

[sharethis-inline-buttons]

मोहन बेल्वासे
घटस्थापनाको दिन आज दुर्गा मुर्ति स्थापना र मन्दिरमा जल राख्नका लागि लक्ष्मणघाटमा जल भर्नेको घुईचो लागेको छ ।
बाणगंगा र कपिलवस्तु नगरपालिका आसपासका क्षेत्रहरुबाट विभिन्न घडा कलश यात्रा सहित जल उठाउनेको भिड लागेको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूणर्िमासम्म १५ दिन मनाउने गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूणर् कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज दुर्गा मन्दिरहरुमा विधिपूर्वक दियो, कलश र गणेश देवी दुर्गाका मुर्ति स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानैबाट नित्यकर्म समाप्त गरी लक्ष्मणघाट नदीबाट चोखो स्थलबाट जल बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा मन्दिर दुर्गा मुर्ति वरिपरि विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । आजका दिन विभिन्न चोक चोकमा माटोबाट बनाईएका कलात्मक मुक्ति स्थापना समेत गरिएको छ ।


प्रकाशित : २०७९ आश्विन १०, सोमबार १६:५१