शिवरानी हत्या काण्डको आज ११ वर्ष

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे , कोपवा
कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात ११ वर्ष अगाडी हत्या भएको थियो ।
२०६८ असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
तत्कालिन समयमा ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा सुरुवाती चरणमा घट्नाको अनुशन्धान भएको भएतापनी घट्नाको अनुसन्धान गरेका तत्कालिन अनुशन्धान अधिकृतका रुपमा रहेका प्रहरी निरिक्षक शिशु शर्माको सरुवा भएपछी फाईल समेत बन्द भएको थियो ।
मृत्युको वारेमा ईलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलात्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हालसम्म पनी अपराधी पत्ता लाग्न सकेका छैनन् ।
घट्नाले १ दशक पार गरेपछी गतवर्ष मात्र संचारकर्मीहरुको पहलमा शिवरानी घट्नाको फाईल त खुल्यो तर हर्ष न विस्मात भनेजस्तै भयो ।
यस अगाडी ईलाका प्रहरी कार्यालय पिपरामा प्रहरी निरिक्षक भई आएका दिनेश गुरुड्डले हत्यारा पत्ता लगाउन निकै अनुसन्धान मेहेनत त गरे तर सफलता भने मिलेन उनले हत्या भएकै समयमा यथेष्ट प्रमाण नहुदा केही समस्या भएको बताएका थिए । पछिल्लो ९ वर्ष सम्म प्रहरीले कुनै कदम नचालेकै कारण हत्यारा पत्ता लाग्न नसकेको स्थानियको बुझाई छ । तर गोरुसिंगेमा रहेको शिवरानी हत्याकाण्डको फाईल गुरुड्डले ईलाका प्रहरी कार्यालय पिपरामा झिकाई अनुसन्धानको मौखिक जिम्मेवारी ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरु∙लाई तत्कालिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बहादुर कार्किले निर्देशन दिए लगत्तै केही काम अगाडी बढे्को थियो । तर उनि सँगै प्रहरी प्रमुख कार्कि समेत सरुवा भएपछी भने पुन घट्ना सेलाएको छ ।
१० वर्षमा अनुसन्धान ११ वर्षमा बन्द

९ वर्षसम्म नखुलेको फाईलमा घट्नाको अनुसन्धानको जिम्मेवारी पाए लगत्तै
तत्कालिन ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गुरु∙ले घट्नाको प्रारम्भिक चरणबाटै काम शुरु भएको र अनुसन्धानका कार्य तिब्रताका साथ अघि बढाईएको बताएका थिए । उनले हत्याको वस्तुस्थिति बारे जाँचबुझ गर्न गाउँघर र केही संकास्पद व्याक्तिहरुसँग बयान समेत लिए । केहीलाई निगरानीमा समेत राखेका थिए तर उनि सरुवा भएसंगै फाईल समेत बन्द भएको छ । यस बारेमा हाल आएका प्रहरी निरिक्षक दिपकबाबु के.सी भने बेखबर जस्तै बनेका छन् । उनले यस विषयमा संचारकर्मीसंगै जानकारी लिए ।
यता संचारकर्मी हरुले घट्नाबारे उठान गर्दा मात्र प्रहरीले मिसिल फाईल खोल्ने गरेको पाइएको छ । यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् । हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । त्यसका लागि आफुहरु सहयोग गर्न तयार रहेको तर प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीले बताए । जिल्लाको प्रहरी संगठनमा नेतृत्व परिवर्तन हुदाँ पट्क पट्क यस विषयमा कुरा उठे पनी हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नहुदा न्याय हराएजस्तै भएको छ ।
यस अगाडी १० वर्ष सम्म जिल्लाको नेतृत्वमा आएका प्रहरी प्रमुखहरु सँग निरन्तर संचारकर्मीहरुले यस विषयको ध्यानाकर्षण गराएका थिए ।
प्रहरी संगठन गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेको स्थानियको बुझाई छ । स्थानिय समाजसेवी राम प्रसाद बेल्वासेले हरेक वर्ष वार्षिक दिवस , अर्थात असोज १३/१४ मा संचार क्षेत्रमा कुरो उठ्दा मात्र यस घट्नामा प्रहरीले केही चासो दिए जस्तो गर्ने तर पछी विर्सने प्रवृति ले घट्ना दविदै गएको बताए । आफुहरुले अनुशन्धानका बारे पट्क पट्क जानकारी लिदाँ अपराधीको नजिक पुगेको बताउने तर भनेकै भरमा १ दशक वित्दा समेत पत्ता नलाग्नु प्रहरीकै गैहृ जिम्मेवारी पन भएको बताए ।


प्रकाशित : २०७९ आश्विन १४, शुक्रबार १५:०७