मोटरसाइकल दुर्घटना हुँदा दाङमा २ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा हुँदा सशस्त्र प्रहरीका दुई जवानको मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षिय सुलेश चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए । मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।




















