प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

[sharethis-inline-buttons]

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ।

आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्न उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार ०७:२८