कपिलवस्तुमा मनोनयकै दिन नेताको दल अदल बदल रमिता

[sharethis-inline-buttons]

लुदस, जितपुर

आज मनोनयका दिन कपिलवस्तुमा नेताहरुले दल अदल बदलको रमिता देखाएका छन । क्षेत्र नं १ को निर्वाचन कार्यालय परिसरमै एउटा दल त्यागेर अर्को दल प्रवेश गर्नेको समय छिनभरमै परिवर्तन देखिएको हो । एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको हो ।
अहिले यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । उनी दिउँसो १२ बजेसम्म एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगेका छन् । उनले लुम्बिनी दर्पणसँग कुराकानी गर्दै लामो समय प्रतिगमन विरुद्ध संघर्ष गर्दै आएको जसपा एमालेसंगै मिलेर स्वार्थको राजनितिमा लागेका कारण आफुले पार्टी परित्याग गरि गठबन्धनमै रहेको बताए । यादव नेपाली कांग्रेसमा प्रवेश गरेर क्षेत्र नं १ ख मा नेपाली कांगेसबाट चुनाव लड्ने भएपछी नेपाली कांग्रेसका नेता मेवालाल यादव जसपामा प्रवेश गरेका छन् । उनले प्रतिनिधिसभा १ को प्रदेश सभा ख मा टिकट पाएका छन् । जसपाका नेता सहसराम यादवले यो क्षेत्रबाट टिकट पाए पछि उनले एकाएक कांग्रेस रोजेपछि मेवालाल कांग्रेस परित्याग गर्दै जसपा गएका हुन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका उनले पार्टीले धोका दिए पछि आफू जसपामा लागेको बताए । कांग्रेसमा लामो समय काम गरेका नेता टिकटबाट बन्चित हुनुपर्ने र एकाएक नयाँले टिकट पाए पछि आफूले पार्टी छाड्ने निणर्य गरेको उनले बताए ।

कपिलवस्तुमा तोडियो एमाले जसपा गठबन्धन

कपिलवस्तुमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गरेर यसअघि गरेको गठबन्धन तोडेका छन् ।
केन्द्र स्तरमा दुई पार्टी बीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए ।
आइतबार बिहान १० बजेसम्म सोही निणर्य अनुसार दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए । तर, एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको हो ।
अहिले यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । उनी दिउँसो १२ बजेसम्म एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगेका छन् ।
यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । गठबन्धन अनुसार यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।

यादव कांग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ । उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए । तर जसपासँगको केन्द्रमा भएको सहमतिअनुसार यो क्षेत्रमा यादवलाई दिन एमाले तयार भएको थियो ।
यसै गरी जसपाले क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ । यो क्षेत्र एमालेले पाएको थियो ।
यता सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । गठबन्धन अनुसार यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार १९:०९