लुदस,
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।
काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिए ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द समूहले नयाँ पार्टी गठन गरेको थियो । तर चन्द समूह पनि विभाजित भइसकेको छ । विप्लव समूहले आगामी मंसिरको निर्वाचन बहिष्कारको नीति लिएको छ । महाअधिवेनमा भाग लिन देश तथा विदेशबाट प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका छन् ।महाधिवेशनमा देश तथा विदेशबाट करिब २ हजार प्रतिनिधि र प्रवेक्षक सहभागी भएको बताईएको छ । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने जनाईएको छ ।
विप्लवको ईलाकामा ९ औं महाधिवेशन
प्रकाशित : २०७९ आश्विन २५, मंगलवार १९:४०
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech