अन्तत संस्थागत विद्यालयको माग पुरा हुने भएपछी विहिबारबाट विद्यालय बन्द हुने

[sharethis-inline-buttons]

लुदस, जितपुर
संस्थागत विद्यालयको माग पुरा हुने भएपछी विहिबारबाट बाणगंगाका विद्यालय बन्द हुने भएका छन् ।
यस अगाडी नगरले संस्थागत विद्यालयको मागमा व्यवास्ता गरेको र लामो समय विदा राखेका कारण विद्यालय खुलाईएको प्याव्सनका एक प्रिन्सिपलले बताएका थिए ।
निजि तथा आवासिय विद्यालय (प्याब्सन) कपिलवस्तु का अध्यक्ष सुन्दर पाण्डेले संस्थागत विद्यालयले यस अगाडी विना सर्टिफिकेट विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना नगर्ने सहमती भएको भएतापनी त्यसको कार्यन्वयन नभएपछी र विगतमा लामो समय कोभिडका कारण विद्यार्थीहरु शिक्षा बाट बन्चित रहेको र हाल पनी लामो समय विदा हुदा विद्यार्थीहरुलाई मनोभावनात्मक असर पर्ने भन्दै विद्यालयहरु खोलिएको लुम्बिनी दर्पणसँगको कुराकानीमा बताए । उनले जिल्लामा अन्य पालिकामा विद्यालय संचालनमा हुने र बाणगंगामा मात्र बन्द गर्ने प्रवृद्धि समेत उचित नभएका कारण पनी खोल्नु परेको बताउदै अन्तत नगरले संस्थागत विद्यालयका माग कडाईका साथ पालना गर्ने गराउने भएका साथै बन्द गर्न अनुरोध गरेपछी विद्यालय विहिबारबाट बन्द हुने समेत बताए ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक क्यालेण्डर पालना गर्न नगरका संस्थागत विद्यालयलाई निर्देशन दिएको थियो ।

मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक बिज्ञप्ती जारि गर्दै यस्तो निर्देशन दिएको हो ।दशैँ, तिहार तथा छठ पर्वको विदा बार्षिक शैक्षिक क्यालेण्डर एकमुष्ठ दिने सहमती भएकोमा नगरका केही संस्थागत अर्थात निजी बिद्यालयले पालना नगरेपछि पठनपाठनमा एकरुपता ल्याउन निर्देशन दिएको शिक्षा शाखा को भनाई छ ।
नगरले नै विद्यालय बन्द नगरेकोमा दवाब दिएपछी सामाजिक संजालमा र सरोकारवालहरुले यसमा आपत्ती जनाएका छन् । नगरको पत्र सार्वजनिक भएपछी चौतर्फी विरोध भएको हो ।


प्रकाशित : २०७९ आश्विन २५, मंगलवार २१:५५