हरि आचार्य, कपिलवस्तु
मोटरसाईकल दुर्घट्नामा परि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका सचिवालय सदस्य तथा बाणगंगा नगर ईन्चार्ज स्व.रमेश केसीको अन्त्येष्टि गरिएको छ । बाणगंगा ९ भर्तापुर निवासी केसी संगठनको महत्वपुर्ण छलफल पछि घर जाने क्रममा छाडा चौपायासंग ठोक्किन पुगि गम्भिर घाईते हुनुभएको थियो । उहाँको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको हो । लक्ष्मणघाटमा अन्त्येष्टिको क्रममा उहाँको पार्थिव शरिरमा राष्ट्रिय युवा संघ नेपालले संगठनको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपालमणि ज्ञवाली, जिल्ला अध्यक्ष कमल क्षेत्रीले पार्थिव शरिरमा झण्डा ओडाई भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

अन्तिम श्रद्धाञ्जलीका क्रममा युवा जिल्ला ईन्चार्ज कृष्ण सापकोटा, सह ईन्चार्ज वियज कुवंर, जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ संयोजक ऋषभ पौडेल, जिल्ला कमिटी सदस्य नवीन राना, जिल्ला कमिटी सदस्य योगेश क्षेत्री लगायत कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
जिल्ला अध्यक्ष कमल क्षेत्रीले स्व.केसीको निधनले संगठन अत्यन्तै दुखी एवं मर्माहत भएको र यस शोकको घडीमा दिवंगत केसी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले पार्टी र संगठन प्रति गरेको त्याग र संघर्षलाई सदैव मार्गदर्शन बनाएर अगाडि बढ्ने बताउदै केसीको आवश्यकता सधै खड्किरहने बताउनुभयो ।




















