ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिलाको उम्मेदवारी शून्य

लुम्बिनी दर्पण २०७९ आश्विन २८, शुक्रबार १५:१३

लुदस/
दाङ क्षेत्र नम्बर १ मा पूर्व एमाले र एमालेका उम्मेदवारहरु यस्तो मोडमा आएका छन्, जहाँ उनीहरुलाई आफ्नै पूर्व सहकर्मीसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्नेछ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणी चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी चुनावी मैदानमा उत्रँदा उहाँहरु एकले अर्कोलाई हराउनु पर्नेछ।

मंसिर ४ गते हुने आम निर्वाचनमा भिड्न लागेका यी तीन उम्मेदवार नेकपा एमालेका पूर्व सहकर्मी हुनुहुन्छ। एमालेमा भएको पार्टी विभाजन र असन्तुष्टिका कारण यी तीन उम्मेदवार चुनावमा एकअर्कालाई हराउन मैदानमा उत्रिनुपर्ने अवस्था आएको छ।

पूर्व तीन सहकर्मीहरु र थारु समुदायबाटै प्रतिनिधित्व हुने गरी उहाँहरु चुनावी मैदानमा उत्रिएपछि क्षेत्र नम्बर १ को चुनावी रौनक पनि बढेको छ।

तर चुनावमा सहकर्मीसँग भिड्नुपर्ने भएपछि यी उम्मेदवार खुसी छैनन्। एमालेबाट उम्मेदवार बनेकी शान्ताले आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्दा दुःख लागेको बताउनुहुन्छ ।

‘हिजो आफूसँगै काम गरेका नेता साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ । , उहाँले भन्नुभयो, ‘त्यसमा आफूले पनि मेहनत गरेर बनेका आफूजस्तै साथीहरू अरू कसैको निर्देशनमा चलिरहेका छन् भन्दा दुःख लाग्छ ।

शान्ता र मेटमणी चौधरी एउटै पृष्ठभूमि अर्थात थारु समुदायबाट आएका नेता हुनुहुन्छ। उहाँहरु पार्टीको मात्र होइन, थारु समुदायको आन्दोलनमा पनि सँगसँगै सहकार्य गरेका नेता हुनुहुन्छ। तर पार्टी फुटका कारण दुवैजना प्रतिस्पर्धीका रुपमा उभिन पुग्न्ुभएको छ।

एमालेमै हुँदा शान्ता र गंगा एकअर्कालाई दिदीबहिनीकै व्यवहार देखाउने गर्नुहुन्थ्यो। केही समयअघि गंगा चौधरीले नै सामाजिक सञ्जाल फेसबुकमा शान्तासँग अंगमाल गर्दै गरेको फोटो राख्नुभएको थियो।

जसमा उहाँले आफूहरु दुई बहिनीमध्ये जसलाई टिकट दिएपनि फरक नपर्ने भन्दै क्याप्सनसमेत लेख्नुभएको थियो। तर उनै गंगााले आफूलाई टिकट नदिएर शान्तालाई दिएपछि विद्रोह गर्दै पार्टी परित्याग गर्नुभयो र अर्को दलबाट उम्मेदवारी दर्ता गर्नुभयो गंगाले शान्तासँग रोखेको त्यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कसले मार्ला बाजी ?

पूर्व तीन सहकर्मी एकले अर्कोलाई हराउन चुनावी मैदानमा उत्रिएपछि अहिले क्षेत्र नम्बर १ बाट कसले बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका मेटमणीलाई माओवादी, कांग्रेस र जनमोर्चालगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता एक्लै होमिनुभएको छ।

गंगा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ । पार्टीगत रुपमा हेर्ने हो भने संगठन बलियो भएको एमालेकी शान्तालाई चुनाव जित्न कठिन नहुने देखिन्छ। नेकपा एस र नेपाली पार्टीको संगठन कमजोर छ। जसले गर्दा मेटमणि र गंगालाई चुनावी जित्न सहज देखिँदैन।

तर क्षेत्र नं १ मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो। उहाँ यही क्षेत्रमा जन्मनुका साथै हुर्किएर अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाट विजयी हुनुभएको थियो। आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मेटमणि पनि कमजोर देखिनुहुदैन । साथै उहाँलाई गठबन्धन दलहरुको साथ छ। काँग्रेसको बलियो पकेट भएको क्षेत्र भएकाले पनि उहाँलाई चुनाव जित्न थप सहज हुने आँकलन गरिएको छ ।
यस्तै शान्ता क्षेत्र नम्बर १ का लागि नयाँ पनि हुनुहुन्छ। उहाँको निर्वाचन क्षेत्र नम्बर २ हो। यही कारण गंगाले शान्तालाई टुरिष्ट उम्मेदवारलाई टिकट दिएको भन्दै आरोपसमेत लगाउँदै आउनुभएको छ । हाल गंगाको पनि यो निर्वाचन क्षेत्र हो। शान्ताभन्दा गंगा बढी क्षेत्र नम्बर १ का मतदातासँग भिजेको जानकार दाबी गर्छन्।

उसो त दाङ र देउखुरीबीच विगतदेखि नै भुगोलको केही मतभेद रहँदै आएको छ। देउखुरी क्षेत्रले आफ्नै भूगोलको उम्मेदवार खोजेमा शान्तालाई अप्ठ्यारो पर्न सक्ने बताउनुहुन्छ, नागरिक समाज दाङ देउखुरीका अध्यक्ष निमबहादुर थापा। ‘देउखुरीमा भूगोलको सेन्टीमेन्ट छ । थापा भन्नुहुन्छ, ‘यसले शान्ताको केही मत काट्ने सक्ने देखिन्छ। मेटमणि सोही क्षेत्रका उम्मेदवार भएकाले पनि उनलाई भूगोलको सेन्टीमेन्ट रहने उहाँ बताउनुभयो ।

तर मेटमणिलाई पनि चुनाव भनेजस्तो सजिलो छैन। उहाँको यस क्षेत्रमा संगठन कमजोर छ र जसका कारण नेकपा एसले स्थानीय तहको निर्वाचनमा भनेको जस्तो उपलब्धि हासिल गर्न सकेन। देउखुरी क्षेत्रमा नेकपा एसले १ जना वडाध्यक्ष र केही वडा सदस्यहरु जितेर १४५९ मत मात्र ल्याएको छ ।
नागरिक समाज दाङ देउखुरीका संयोजक थापाले गठबन्धनमा इमान्दारिता भएमा मेटमणिलाई चुनाव जित्न सहज हुने बताउनुहुन्छ । तर गठबन्धनका दलहरुबीच अन्तरघात भएमा भने त्यो फाइदा शान्तालाई हुने थापा अर्थ्याउनुहुन्छ ।
गंगा भने संगठन नै नभएको नयाँ दलबाट निर्वाचनमा उठेकाले निर्वाचन जित्ने सम्भावना निकै न्यून भएको उहाँले बताउनुभयो। तर गंगा पनि पूर्व एमाले र चौधरी समुदायको भएकाले मेटमणी र शान्ताको मत काट्न सक्ने थापाको आँकलन छ।

यस्तो छ अंक गणित

क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन्। वैशाख ३० गतेको स्थानीय तहको चुनावअनुसार क्षेत्र नम्बर १ मा कांग्रेस र माओवादी बलियो देखिन्छ। यहाँ माओवादी र कांग्रेसले २-२ वटा पालिका जितेका छन्। एमालले कुनै पनि पालिका जितेको छैन।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने पनि क्षेत्र नं। १ मा एमाले कमजोर देखिन्छ। ०७४ सालको चुनावमा पालिका जितेको एमालले पार्टी विभाजन भएका कारण अहिले शून्यमा झरेको छ। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनअनुसार चार वटा पालिकामा गरी गठबन्धनका दलका प्रमुख पदका उम्मेदवारले ५० हजार बढी मत ल्याएका थिए।

एमालेका प्रमुख पदका उम्मेदवारले २० हजार बढी मत ल्याएका थिए। यो हिसाबले गठबन्धनका दल र एमालेबीच करिब ३० हजार मतान्तर देखिन्छ। यो अंक गणितअनुसार मेटमणि सुरक्षित देखिन्छन्। तर गठबन्धनमा अन्तरघात भएमा यसको लाभ शान्तालाई हुने देखिन्छ।


प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १५:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech