देशको ७७ वटै जिल्लामा डेंगी फैलियो ४७ जनाले ज्यान गुमाए

[sharethis-inline-buttons]

देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो।

यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्।

गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।


प्रकाशित : २०७९ आश्विन २९, शनिबार २२:५७